टिकटका प्रतिस्पर्धी नै प्रस्तावक र समर्थक बने

 बैशाख १३, २०७९ मंगलबार १७:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – पालिका चुनाव २०७९ को मनोनयन दर्ता हिजो साेमवार बेलुकी ५ बजेसम्मका लागि तोकिए पनि राति अबेरसम्म नै निर्वाचन आयोगलाई भ्याइनभ्याइ भयो । सुनसरीको इटहरीमा भने मनोनयन दर्तामा रोमाञ्चक दृश्य देखियो । पार्टीले टिकट दिनुअघिसम्म टिकटका लागि तँछाड मछाड गर्नेहरू नै उम्मेदवारको प्रस्तावक र समर्थक बनेका छन् । 

एमालेको तर्फबाट इटहरीको मेयरमा पार्टीका नगर अध्यक्षसमेत रहनुभएका यामकुमार सुब्बाले टिकट पाउनुभयो । पार्टीले इटहरीको मेयरको टिकट उहाँलाई दिनुअघिसम्म उहाँसँगै अहिलेका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम र इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलगाईँ मेयरको पदमा आकाङ्क्षी हुनुहुन्थ्यो । हिजो मनोनयन दर्ता गर्दा सुब्बाविरुद्ध बागी उम्मेदवारी पर्ला भन्ने आँकलन गरिएकाे थियाे । तर त्यसको ठिक विपरीत टिकट नपाएका आकाङ्क्षी नै सुब्बाका प्रस्तावक र समर्थक बन्नुभएको छ । सुब्बाको प्रस्तावकमा चौधरी र समर्थकमा चौलागाईं रहनुभएको छ ।

यता कांग्रेसको पनि अवस्था उस्तै थियो । मेयरका टिकट पाउनुभएका हेमकर्ण पौडेलसँगै अघिल्लो चुनावमा पराजित उमेदवार रोहितप्रसाद प्रसाईं र व्यवसायी भीमबहादुर पौडेल मेयरको आकाङ्क्षी हुनुहुन्थ्यो । अन्ततः कांग्रेस प्रदेश १ कमिटीले हिजो अबेर हेमकर्ण पौडेललाई इटहरीको मेयरको टिकट दियो । उहाँको उमेदवारी दर्तामा भीमबहादुर पौडेल प्रस्तावक र प्रसाईं समर्थक बन्नुभएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया