भोजपुरमा एमालेसँग तालमेल गर्ने तीन नेता माओवादीबाट निष्कासित

 बैशाख १३, २०७९ मंगलबार १८:१०:१३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – नेकपा एमालेसँग तालमेल गरेका तीन जना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकाका तीन नेतालाई आज मङ्गलवारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो । 
निष्कासित हुनेमा भोजपुर नगरपालिका–११ आम्तेकका मोहनसेन राई,  षडानन्द नगरपालिका–९ का शेखर तामाङ र षडानन्द नगरपालिका–१३ का ओमकुमार श्रेष्ठ रहेका छन् ।

प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टीकाे नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उल्लङ्घन गर्दै बाहिरी दलको चुनाव चिह्न लिइ मनोनयन दर्ता गरेको हुँदा साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको पार्टीले जनाएको छ ।

माओवादीले जिल्लाका अन्य ठाउँमा स्वतन्त्र ढङ्गले उम्मेदवारी दिएकाहरूलाई पनि तत्काल उम्मेदवारी फिर्ता लिइ पार्टीको नियमित काममा फर्किन निर्देशन दिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया