कोरोनाको जोखिम : 'भारतबाट आउँदै हुनुहुन्छ भने एक हप्ता परिवारबाट छुट्टै बस्नुस्'

 बैशाख १४, २०७९ बुधबार ८:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

कामका लागि भारत गएकाहरु वैशाख ३० गतेकाे पालिका चुनावका लागि विभिन्न सीमा नाका हुँदै घर गाउँ फर्किन थालेका छन् । यस्तै, चुनावकै कारण चहल पहल बढेको छ भने भीडभाड समेत बढ्न थालेको छ । यसले गर्दा कोरोना भाइरसको संक्रमण नेपालमा पनि फेरि फैलिने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

भारतबाट गाउँ घर फर्किनेहरुलाई कम्तिमा पनि एक हप्ता निगरानीमा बस्न मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीको आग्रह छ । भारतका जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरु अझ बढी सचेत हुनुपर्ने उहाँले बताउनुभयो । एक हप्तासम्म परिवारका सदस्यसँग घुलमिल नगर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिना साथ परीक्षण गर्न र कोरोना विरुद्धको खोप लगाउन छुटेको भए खोप लगाउन उहाँको सुझाव छ ।

यस्तै, सकेसम्म भीडभाडमा नजान तथा जानै परे मास्क लगाउन र भौतिक दूरी कायम गर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ । यस्तै, टाइफाइड विरुद्धको खोप अभियानका कारण कोरोनाको बुस्टर डोज लगाउन स्थगित भएका ठाउँमा फेरि कोरोनाको खोप लगाउन थालिएको छ । कोराना विरुद्धको खोपको दुई मात्रा लगाएकाहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह छ । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया