भक्तपुर नगरपालिकामा २ सय २७ जनाको उम्मेदवारी

 वैशाख १४, २०७९ बुधबार १४:५९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि भक्तपुर नगरपालिकामा दुई सय २७ जनाको उम्मेदवारी परेको छ । यसमा मेयर पदका लागि १४ जना तथा उमपेयर पदमा नाै जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भीम बिसीले जानकारी दिनुभयो । 

भक्तपुरमा लगातार सत्तामा रहँदै आएको नेपाल मजदुर किसान पार्टीको विरुद्ध यस पटक अन्य राजनीतिक दलहरूको गठबन्धन भएन । गठबन्धन नहुँदा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले एक्ला–एक्लै उम्मेदवारी दिएका छन् । 

लामो समय नगरपालिका चलाउँदै आएको मजदुर किसान पार्टीले मेयर र उपमेयरमा पुरानै उम्मेदवार दोहोर्‍याएकाे छ । 

भक्तपुरकाे मेयरमा पार्टीका तर्फबाट नाै जनाकाे र स्वतन्त्रमा पाँच जनाकाे उम्मेदवारी परेको छ । त्यस्तै उपमेयरमा पार्टीका तर्फबाट आठ जनाकाे र स्वतन्त्रमा एक जनाको उम्मेदवारी परेको छ । 

मेयर 

एमाले – रविन्द्र लाछिमस्यु

नेपाली कांग्रेस – रामप्रसाद कासुला

माओवादी केन्द्र – तुल्सीभक्त सुवाल

जनता समाजवादी पार्टी – राजाराम ढुुकुछु 

राष्ट्रिय प्रजातन्त्र पार्टी – बद्री लाखाजु 

राष्ट्रिय जनमोर्चा – रामभक्त किजु 

नेपाल मजदुर किसान पार्टी – सुनिल प्रजापति 

नेपाः राष्ट्रिय पार्टी – गोपालदास बनेपाली 

मौलिक जरोकिलो पार्टी – कृष्णराम प्रजापति 

स्वतन्त्र 

बलराम प्रजापति 

अनिल लावजु

रामसुन्दर धुसु

नील नारायण कोजु

सत्यराम त्वयना 

उपमेयर 

एमाले – रञ्जना खर्बुजा

माओवादी केन्द्र – इन्द्रमाया सुवाल

जनता समाजवादी पार्टी – कमला दुवाल (बिक)

एकीकृत समाजवादी – ओम चरण अमात्य 

राष्ट्रिय प्रजातन्त्र पार्टी – लक्ष्मी छुस्याबाग 

राष्ट्रिय जनमोर्चा – अमिता बोहजु (गोसाइ)

नेपाल मजदुर किसान पार्टी – रजनी जोशी 

मौलिक जरोकिलो पार्टी – सुस्रा कोजु 

स्वतन्त्र 

मीरा दुगुजु

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया