कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – विधान विपरीतका क्रियाकलाप गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकास वली र धर्मेन्द्र बास्तोलालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट निष्कासन गर्नुभएको छ ।
विप्लवले आज विज्ञप्ति निकालेर क्रान्तिको सामान्य सिद्धान्त विपरीत पार्टी बैठकका निर्णय र नेतृत्व विरुद्ध सञ्चारमाध्यममा छाडा र अराजक अन्तर्वार्ता दिने तथा वक्तव्य जारी गर्ने जस्ता क्रियाकलाप गरेको भन्दै वली र बास्तोलालाई निष्कासन गरिएको जानकारी दिनुभएको छ । पार्टीले पालिका तहको चुनावमा पठाएका उम्मेदवारलाई सहयोग गर्नुको साटो फिर्ता बोलाउने र कारबाहीको धम्की दिने जस्ता गैर जिम्मेवार काम गरेको विप्लवको आरोप छ ।
हेमन्त र धर्मेन्द्र बास्तोलाले अहिले पालिका चुनावको विषयलाई असन्तुष्टिको एजेण्डा बनाए पनि उनीहरुले पहिले देखि नै पार्टी र नेतृत्व विरुद्ध गतिविधि गरेकाले पार्टीबाटै निष्कासन गर्नु आफ्नो बाध्यता भएको विप्लवको भनाई छ । आफ्नो संयमता र धैर्यतालाई हेमन्तप्रकास वली र धमेन्द्र बास्तोलाले कमजोरीको रुपमा लिएर अराजक बन्दै गएको परिणाम अहिले देखिएको भन्दै विप्लवले पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका सबैलाई सहयोग गर्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।