बूढानीलकण्ठकाे मेयरमा १५ जनाको उम्मेदवारी

 वैशाख १४, २०७९ बुधबार २०:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैशाख ३० गते हुने पालिका चुनावका लागि भएको मनोनयनमा बूढानीलकण्ठ नगरपालिकाकाे मेयरमा १५ जनासहित कुल दुई सय ८७ जनाको उम्मेदवारी परेको छ । बूढानीलकण्ठमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारको खोजी भए पनि कुरा नमिलेपछि अन्तमा सत्तासीन दलहरूले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । 

मेयर 

एमाले – मिठाराम अधिकारी

नेपाली कांग्रेस – विनोद चालिसे

माओवादी केन्द्र – डम्बर प्रसाद अधिकारी

लोकतान्त्रिक समाजवादी पार्टी – सीताराम विश्वकर्मा 

एकीकृत समाजवादी – बालकृष्ण श्रेष्ठ

विवेकशील साझा – खेम कुमारी भुर्तेल

राष्ट्रिय प्रजातन्त्र पार्टी – निना भेटुवाल 

राष्ट्रिय जनमोर्चा – छवि बहादुर खनाल  

नेपाली जनता दल – टिकाराम मोटे बसाइ ठकुरीे

नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) – निर्मला पाण्डे 

स्वतन्त्र

रमेश श्रेष्ठ 

सुमन खड्का 

महेश केसी

आशिष श्रेष्ठ

सुमित खरेल 

उपमेयरमा भने ५ जना महिला र एक जना पुरुषकाे उम्मेदवार परेकाे छ । उपमेयरमा स्वतन्त्रबाट कसैकाे उम्मेदवारी परेको छैन । 

उपमेयर 

एमाले – अनिता लामा 

नेपाली कांग्रेस – रमिला वाग्ले

माओवादी केन्द्र – कमला गौतम

एकीकृत समाजवादी – प्रमिला सापकोटा (रिमाल) 

राष्ट्रिय प्रजातन्त्र पार्टी – चम्पादेवी अधिकारी 

नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) – सूर्य परियार 

अन्य उम्मेदवारमा वडा अध्यक्षमा ७१ जना, सदस्यमा १ सय १४, महिला सदस्यमा ५४ जना, दलित महिला सदस्यमा ४८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत छमिला भट्टराइले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया