महालक्ष्मी नगरपालिकामा २ सय ३५ जनाको उम्मेदवारी

 वैशाख १४, २०७९ बुधबार १९:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि ललितपुरको महालक्ष्मी नगरपालिकामा दुई सय ३५ जनाको उम्मेदवारी परेको छ । यसमध्ये मेयरमा नाै जना र उपमेयरमा पाँच जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

दश वटा वडा रहेको नगरपालिकामा वडाध्यक्षमा ५६ जनाको उम्मेदवारी दर्ता भएको छ । वडा नं १ मा पाँच जना, वडा नं २ मा आठ जना, वडा नं ३ मा चार जना, वडा नं ४ मा पाँच जना, वडा नं ५ मा पाँच जना, वडा नं ६ मा छ जना, वडा नं ७ मा छ जना, वडा नं ८ मा छ जना, वडा नं ९ मा सात जना र वडा नं १० मा चार जना गरी ५६ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।  

त्यस्तै वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र  दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

गठबन्धन दलहरूबीच सहमति हुन नसक्दा महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीले आ–आफ्नै ढङ्गले मनोनयन दर्ता गराएका छन् । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया