वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

 वैशाख १५, २०७९ बिहीबार १६:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० गतेसम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले, विद्यार्थीको भौतिक उपस्थिति नगराउन तथा मतदानस्थल तथा मतदान केन्द्र तोकिएका, वडा र स्वास्थ्य चौकीका भवन र भौतिक संरचना मतदानका लागि उपयोग गर्न २८ देखि ३० गतेसम्म उपलब्ध गराउन सङ्घीय मन्त्रालयमर्फत पालिकालाई लेखेर पठाउने पनि निर्णय गरेको छ।

यस्तै, आजसम्म ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भइसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ । आयोगले जगेडासहित यो वर्ष एक करोड ९४ लाख थान मतपत्र छाप्दैछ ।

यस्तै, आजसम्म प्रविष्ट भएको तथ्याङ्कअनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता  भएको पनि आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया