पालिका चुनाव : लमजुङमा १ सय २३ मतदान स्थल र १ सय ८२ मतदान केन्द्र

 बैशाख १५, २०७९ बिहिबार २०:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ - लमजुङमा पालिका चुनावका लागि १ सय २३ मतदान स्थल र एक सय ८२ मतदान केन्द्र कायम गरिएको छ ।

यही वैशाख ३० गते हुन गइरहेको पालिका चुनावका लागि जिल्लाको क्बहोलासोँथर गाउँपालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र, दूधपोखरी गाउँपालिकामा १० मतदान स्थल र १२ मतदान केन्द्र, दोर्दी गाउँपालिकामा १६ मतदान स्थल र २३ मतदान केन्द्र र मर्स्याङ्दी गाउँपालिकामा २० मतदान स्थल र २४ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय, लमजुङका प्रमुख एवम् निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिनुभयो ।

यसैगरी, लमजुङको सुन्दरबजार नगरपालिकामा १६ मतदान स्थल, २९ मतदान केन्द्र, बेसीसहर नगरपालिकामा २१ मतदान स्थल र ३५ मतदान केन्द्र, मध्यनेपाल नगरपालिकामा १८ मतदान स्थल र २६ मतदान केन्द्र र राइनास नगरपालिकामा १२ मतदान स्थल र २० मतदान केन्द्र रहेका उहाँले बताउनुभयो ।

यसैगरी, लमजुङमा १ लाख ३१ हजार ४ सय ९४ मतदाता रहेका उहाँले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय, लमजुङका अनुसार क्बहोलासोँथर गाउँपालिकामा चार हजार पाँच सय २२, दूधपोखरी गाउँपालिकामा आठ हजार ८ सय ८८, दोर्दी गाउँपालिकामा पन्ध्र हजार ८४ र मर्स्याङ्दी गाउँपालिकामा पन्ध्र हजार एक सय ४० जना मतदाता रहेका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिकामा बीस हजार सात सय ९६, बेसीसहर नगरपालिकामा २६ हजार दुई सय ७, मध्यनेपाल नगरपालिकामा बीस हजार ९२ र राइनास नगरपालिकामा पन्ध्र हजार ९ सय ८९ मतदाता रहेका पनि उहाँले बताउनुभयो ।

आठ वटा पालिका रहेको लमजुङमा पालिका चुनावका लागि नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, नगरउपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य पदमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ हजार एक सय ५१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय, लमजुङले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया