वाइडबडी जहाजद्वारा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान सम्पन्न

 बैशाख १५, २०७९ बिहिबार १९:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गरेको छ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज बेलुका पर्यटनमन्त्री प्रेम आलेसहित २ सय ५० जनाभन्दा धेरै व्यक्ति बोकेर काठमाण्डौबाट भैरहवा गएको हो ।

भैरहवाको आकाशमाथि पुगेको जहाज एक फन्का मारेर मात्रै अवतरण भएको थियो । तर अवतरणपछि पनि जहाज झन्डै आधा घन्टा रन वे मै अड्किएको थियो । अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

आधा घन्टापछि ह्याङ्गरले तानेर जहाजलाई पार्किङमा लगिएको थियो । गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो ।

विमानस्थलबाट आउँदो जेठ २ गते बुद्ध जयन्तीदेखि नियमित व्यावसायिक उडान हुनेछन् । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ । 

तस्बिर : कमलेश विक्रम साहको फेसबुकबाट

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया