स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव छैन : सङ्घ

 वैशाख १६, २०७९ शुक्रबार ७:५१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल औषधि उत्पादक सङ्घले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ  ।

पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधि पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ ।

नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधि उपलब्ध गराइरहेको सङ्घले जनाएको छ ।

अहिले औषधिको माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधको कारण केही ठाउँमा औषधि पुर्याउन केही ढिला भएको तर अभाव भने नरहेको सङ्घले जनाएको छ ।

गएकाे वर्षको जेठदेखि औषधि उत्पादक सङ्घले आफ्नो सदस्य  उद्योगबाट लिएको मौज्दातको विवरण सार्वजनिक गर्दै आएको छ । अहिले पारासिटामोल मात्रै तीन करोड २५ लाख ट्याबलेट मौज्दातमा रहेको सङ्घले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया