आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
सङ्खुवासभा - सङ्खुवासभाकाे मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताहरुको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएकाे भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उहाँले आउँदाे वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेकाे तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आउनु भएकाे थियाे । पार्टीले टिकट नदिएपछि रुष्ट हुनुभएका उहाँले पार्टी नै परित्यागकाे घोषणा गर्नुभएकाे हाे ।
पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्छ । उहाँ २०७६ सालको उपचुनावमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।