त्रिभुवन विमानस्थलका सरसफाइकर्मीसमेत सुन तस्करीमा

 वैशाख १६, २०७९ शुक्रबार १६:४९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना सरसफाइकर्मीसहित पाँच जना कर्मचारी सुनको अवैध ओसारपसारको आरोपमा पक्राउ परेका छन् । उनीहरूमार्फत दुई किलो तीन सय ३२ ग्राम अवैध रूपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झन्डै दुई करोड रुपैयाँको हुन्छ । उनीहरू मतियारका रूपमा काम गरी विदेशबाट अवैध रूपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने काममा सहभागी भएको पाइएको हो । 

घटनामा संलग्न रहेको आरोपमा दुई विमान सरसफाइकर्मी र एक सुपरभाइजरसहित पाँच जनालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा पाँचथरका भीमकुमार माबो, नुवाकोटका सुमन तामाङ, उदयपुरका राजेश राई, दोलखा घर भएका ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालीमार्फत विमानभित्र सरसफाइ गर्ने/गराउने भनी सुपरभाइजरका रूपमा खटिएका सप्तरीका ताराकान्त चौधरी रहेका छन् ।  

सुन विदेशबाटै विमानको शौचालयमा राखेर पठाइएको थियो । त्यो सूचना यहाँका सरसफाइकर्मीमा प्राप्त भएपछि सेटिङ गरेर पास गर्न लागिएको थियो । भित्रबाट पास गर्न सरसफाइकर्मी परिचालन गरिएको र त्यहाँबाट बाहिर लैजानका लागि अरू व्यक्ति परिचालन भएका थिए । सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरूले तामाङलाई बोलाएर फोहरसँगै रहेको सुन आ–आफ्नो खल्तीमा लुकाइ विमानस्थलबाट बाहिरिन लाग्दा प्रहरीले पक्राउ गरेको हो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया