चुनावसम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई आयोगले पुरस्कृत गर्ने

 वैशाख १८, २०७९ आइतबार ८:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चुनाव सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ ।

चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने भएको हो ।

पचास लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई पचास हजार, तीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई तीस हजार र बीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई बीस हजार रुपैयाँ प्रदान गर्ने आयोगले निकालेको सूचनामा उल्लेख छ ।

पालिका चुनावका लागि आयोगले तयार पारेका सन्देशमूलक भिडियो आयोगको ट्विटर, युट्युब, फेसबुक र भाइबर जस्ता सामाजिक सञ्जालमा राखिएको छ ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया