सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त

 वैशाख १८, २०७९ आइतबार १४:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई नियुक्त गरेको छ । 

आज आइतवारको मन्त्रि परिषद्को बैठकले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रमा अर्याल महानिरीक्षकको एक्लो दाबेदार हुनुहुन्थ्यो । 

आज नै नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आजै अवकाश पाउँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया