ओलीकाे टिप्पणी : एमालेबाहेकका उम्मेदवार चर्चा गर्न लायक छैनन्

 बैशाख १८, २०७९ आइतबार १४:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको बताउनु भएको हो । उहाँले भन्नुभयो,  ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न । किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन । त्यस कारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ ।’

आज आइतवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारहरूलाई छोडेर सूर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी गराउन पनि आह्वान गर्नु भयो । अध्यक्ष ओलीले काठमाण्डाैलाई विश्वकै नमुना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बाग्मती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने सङ्कल्पका साथ आफ्नाे पार्टीले काठमाण्डाै महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताउनु भयो । 

अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणापत्र र पालिका तहको प्रतिबद्धतापत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले मजदुरहरूको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सधैँ तयार रहेको पनि पटक–पटक दोहोर्‍याउनु भयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया