धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ ।
आज आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवार निष्कासित नहुने बताउनुभएको हो । उहाँले पार्टी र गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारलाई आग्रह गर्नुभयो ।
प्रवक्ता महतले पालिका चुनावमा तालमेल सफल भएको दाबी पनि गर्नुभएकाे छ । उहाँले कतिपय ठाउँमा स्थानीय अवस्थाअनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आमरूपमा हेर्दा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीका साथीहरूले अत्यन्त अनुशासनका साथ जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी दर्ता गर्नुभयो । जहाँ हामीले तालमेल गर्याैँ, ती ठाउँमा धेरैजसाे साथीले पार्टीको निर्णयलाई स्वीकार गरेर पार्टीको वृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँमा बाहेक सबैले पार्टीको निर्णयलाई स्वीकार गर्नुभएको छ । जहाँ विद्रोही उम्मेदवारहरू हुनुहुन्छ, ती साथीहरू आधिकारिक पार्टीले, गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनुहुनेछ भन्ने हामीलाई विश्वास लागेको छ ।’
प्रवक्ता महतले पछिल्लो रिपोर्टअनुसार पार्टीबाट देशभर ३० हजार ६ सय २८ जनाको उम्मेदवारी परेको बताउनुभयो । यसमा मेयरमा दुई सय ६५ जना, गाउँपालिका अध्यक्षमा तीन सय ७२ जना, उपमेयरमा एक सय ९४ जना, गाउँपालिका उपाध्यक्षमा तीन सय ४० जना, वडाध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा पाँच हजार नाै सय ३८ जना, दलित महिला सदस्यमा पाँच हजार ६ सय ९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार नाै सय ८८ जनाको उम्मेदवारी परेकाे जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।