पोखराका निर्वाचन अधिकृतलाई धम्की दिएको आरोपमा खड्का पक्राउ

 बैशाख १८, २०७९ आइतबार १८:२६:११ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – चुनाव चिह्न प्रदान गर्ने विषयमा नाराबाजी गरेको आरोपमा पोखरामा अटेरी अभियान चलाइरहेका अशोक खड्कालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नाराबाजी गर्दा मुख्य निर्वाचन अधिकृतमाथि अपमानजनक शब्द र उच्छृङ्खल शब्द प्रयोग गरेको भन्दै कार्यालयले आवश्यक कारबाहीका लागि पक्राउ गर्न र अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो ।

दलहरूलाई चुनाव चिह्न दिने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की पोखराको गेटमा उच्छृङ्खल व्यक्तिहरूले निर्वाचन अधिकृतमाथि नै लक्षित गरी धाकधम्की तथा अपमानजनक शब्द बोली भिडियो बनाइ अशोक खड्का नामक व्यक्तिबाट पोस्ट भएकाे हुँदा, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ दफा २० को उपदफा १ घ अनुसार कारबाही गरिपाउँ । भन्ने बेहाेराकाे पत्र आएका कारण खड्कालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले बताउनुभयाे । 

ऐनको यो दफामा चुनावमा प्रभाव पार्ने कसुर तथा सजाय परिच्छेद अन्तर्गत त्याे दफामा निर्वाचन अधिकृत वा कर्मचारीलाई प्रभाव पार्ने गरी धाक, धम्की र त्रास दिन नहुने उल्लेख छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले चुनाव चिह्न दिनका लागि हिजाे उम्मेदवारहरूलाई बोलाएको थियो । पोखरा महानगरको मेयर पदका उम्मेदवार खडकराज पौडेल (गनेस) ले बिहानै कार्यालयमा पुगेर लौरो चुनाव चिह्न राेज्नुभएकाे थियाे । पछि लौरो चिन्न नदिने भनेपछि अटेरी अभियान चलाएकाहरू निर्वाचन अधिकृतका कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । 

निर्वाचन कार्यालयले लौरी चुनाव चिह्न अनूसुचीको आठौँ लहरमा रहेको र पोखराको प्रमुख पदमा सात जना मात्र स्वतन्त्र उम्मेदवार रहेका कारण त्याे चिह्न मतपत्रमा नै नआउने हुँदा दिन नसकिने प्रष्टीकरण दिएको थियो । तर उनीहरूले निरन्तर नाराबाजी गरिरहे । पछि कार्यालयले आयोगसँग परामर्श गरेर लौरो चिह्न नै दिएको थियो । शनिवारको नाराबाजीको घटनालाई लिएर कार्यालयले आज आइतवार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निवेदन दिएको हो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया