कालोपत्र भएको विमानस्थल परीक्षण उडानमै सीमित

 वैशाख १९, २०७९ सोमबार १९:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : दमन राई

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका ३ को लामीडाँडा विमानस्थल उपयोगविहीन बनेको छ । कालोपत्र गरिएपछि २०७६ असार ३ गते सफल परीक्षण उडान गरिएको लामीडाँडा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्रधिकरणले नियमित उडानको व्यवस्था गर्न नसकेको हो ।

खोटाङका तीन वटा विमानस्थलमध्ये लामीडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । कालोपत्र भएको विमानस्थल परीक्षण उडानमै सीमित भएपछि स्थानीयवासी निराश छन् । 

साविकको सदरमुकाम दिक्तेल नजिकै मनमायाँ राई खानीडाँडा विमानस्थल सञ्चालनमा आएपछि लामीडाँडा विमानस्थल बन्दजस्तै बन्न पुगेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेमा रहेको खानीडाँडा विमानस्थलमा बेला–बेला उडान भइरहँदा लामीडाँडा विमानस्थल सुनसान छ ।

कालोपत्र गर्नुअघि उडान हुँदै आएको लामीडाँडा विमानस्थलमा कालोपत्र गरेपछि भने उडान रोकिएको हो । तालिकामा उडान नहुँदा र यात्रु नपाउँदा लामीडाँडामा उडान रोकिएको स्थानीय युवा नेता खेमराज देउसालीले बताउनुभयो ।   

२०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थलमा उडान नहुँदा रावाबेँसी, ऐसेलुखर्क र केपिलासगढी गाउँपालिका, ओखलढुङ्गाको कुइभीर र सोलुखुम्बुका केही ठाउँका बासिन्दा बढी मारमा परेका छन् । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया