त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएकाे आशंका, आन्तरिक उडान ठप्प

 वैशाख २१, २०७९ बुधबार ११:३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

प्रवक्ता सिटाैलाका अनुसार शंकास्पद वस्तु राखिएकाे भनिएको ठाउँलाई घेरेर राखिएको छ । सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो । शंकास्पद वस्तुकाे आशंकापछि विमानस्थलमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया