त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान सुरु

 वैशाख २१, २०७९ बुधबार ११:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ ।

शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो  । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद वस्तु केही नभेटिएपछि अब विमानस्थल सञ्चालन गर्ने तयारी भएको छ । केहीबेरमा रोकिएका आन्तरिकतर्फका उडान सुरु हुने उहाँले जानकारी दिनुभयो । बिहानदेखि आन्तरिक उडान रोकिँदा विमानस्थलमा यात्रुको भीड छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया