भोजपुरमा नचिनेको मानिसकाे समूहद्वारा उम्मेदवारमाथि खुकुरी प्रहार

 बैशाख २५, २०७९ आइतबार १०:५१:१५ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेकाे मानिसकाे समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेकाे छ ।

गएराति १० बजे वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेकाे व्यक्तिकाे समूहले कुटपिट गरी खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उहाँकाे टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नकाे खोजी भइरहेको छ ।

घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया