काठमाण्डाैसहित उपत्यकामा चुनाव नसकिएसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध

 बैशाख २७, २०७९ मंगलबार १६:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो पालिकाको चुनावलाई ध्यान दिँदै जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका छन् ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आज मङ्गलवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका हुन् । जिल्लाका ६ वटै पालिकाका सुरक्षा निकायले पनि जाँड–रक्सी बिक्री वितरण र खानलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । जाँडरक्सी बिक्री गरेको, खाएकाे पाइए कारबाही गरिने जनाइएको छ ।

चुनावको समयमा समयमा जाँड–रक्सी खानेक्रम बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज राति १२ बजेदेखि चुनाव सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री वितरण र सेवन गर्न नदिन भन्दै परिपत्र गरेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया