मनाङमा चुनावकाे दिनमा पर्यटकले प्रवेश पाउने

 वैशाख २८, २०७९ बुधबार १२:१८:७ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मनाङ – यही वैशाख ३० गते हुने पालिका तह चुनावका लागि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् । निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । पर्यटन बोर्डबाट रोड परमिट लिएर आएका पर्यटकले प्रवेश पाउने उहाँले बताउनुभयो ।

“पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ । सोहीबमोजिम मौन अवधिमा सवारीमार्फत पर्यटक मनाङ आउन सक्नेछन् । तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन्”, आचार्यले भन्नुभयो ।

पर्यटक विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) पुग्न आउने गरेका छन् । विदेशी पर्यटक विशेषगरी अन्नपूर्ण पदमार्गको यात्रामार्फत तिलिचो ताल पुग्ने गर्दछन् । विदेशी पर्यटक हिमालको काखमा पुगेर मनोरञ्जन लिनुका साथै हिमाल आरोहण गर्न आउने गर्दछन् । थोराङ्ला पास, तिलिचो ताललगायतका स्थानको भ्रमण तथा अवलोकनका लागि पर्यटक मनाङ आउने गर्दछन् ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया