अछाम : मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते

 बैशाख ३०, २०७९ शुक्रबार १५:३४:३८ | चन्द्र थापा
unn.prixa.net

अछाम – पालिका चुनाव अन्तर्गत अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् । 

अछामकाे साँफेबगर नगपालिका १३ काे बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ काे लयाटी र ढकारी गाउँपालिका २ काे हिच्मामा झडप हुँदा मतदान नै राेकिएकाे छ । मतदान भइरहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि यी तीन ठाउँमा मतदान राेकिएकाे हो । 

ढकारीमा दुई जना र पन्चदेवलमा चार जना घाइते भएका हुन् । अहिले यी ठाउँमा सर्वदलीय बैठक भइरहेकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया