इटहरीको ६ वटा मतदान केन्द्रको मतगणना सकियो, १० वटा केन्द्रको गणना हुँदै

 जेठ १, २०७९ आइतबार १३:४४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाको ६ वटा मतदान केन्द्रको मतगणना सकिएको निर्वाचन कार्यालय इटहरीले जानकारी दिएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २ को शान्ति आधारभूत विद्यालय, शान्तिनगर ‘क’ र ‘ख’ र वडा नम्बर २० को जनसहयोग माध्यमिक विद्यालय, तरहराको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ को मतगणना सकिएको हो । अहिलेसम्म इटहरीमा ३५ सय २६ मत गणना सकिएको कार्यालयले जानकारी दिएको छ ।

इटहरीमा अहिले वडा नम्बर १, २, १९ र २० को मतगणना जारी रहेको छ । अहिले यी ४ वटा वडाको १० वटा मतदान केन्द्रको मतगणना जारी रहेको कार्यालयले जानकारी दिएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया