तमानखाेला गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

 जेठ १, २०७९ आइतबार १३:५१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ ।

अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जोकलाल बुढाले २ हजार ७ सय ७ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवबहादुर पुनले १ हजार ९ सय ९५ मत प्राप्त गर्नुभयो ।यस्तै उपाध्यक्षमा कांग्रेसका हिरा कुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत ल्याएर जित हासिल गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

तमानखोला गाउँपालिकाको वडाध्यक्षहरूमा वडा नम्बर १ मा माओवादीका थमबहादुर रोका, वडा नम्बर २ मा माओवादी केन्द्रकै नारायण सुनार, वडा नम्बर ३ मा कांग्रेसका झकबहादुर बुढा, वडा नम्बर ४ मा माओवादी केन्द्रका छप्रसाद श्रीपाली, वडा नम्बर ५ मा कांग्रेसका हिराबहादुर विक र वडा नम्बर ६ मा कांग्रेसका चित्रबहादुर छन्त्यालले जित हासिल गर्नुभएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया