बझाङकाे थलरा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा कांग्रेस

 जेठ १, २०७९ आइतबार १४:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङको थलरा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । 

अध्यक्षमा निर्वाचित एमालेका प्रकाश रोकायाले २ हजार ७ सय ७४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विनोद थापाले १ हजार २ सय ३ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका राम खाती विजयी हुनुभयो । उहाँले ३ हजार १ सय ५० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी मीरा रावलले २ हजार ५ सय ८७ मत प्राप्त गर्नुभएको छ । 

वडातर्फ एमालेले ३, नेकपा (माओवादी केन्द्र) ले २, कांग्रेसले २ र एकीकृत समाजवादीले १ वटा वडा जितेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया