उदयपुरको लिम्चुङ्गबुङ्ग–३  र उदयपुरगढी–२ मा स्वतन्त्र उम्मेदवार विजयी

 जेठ १, २०७९ आइतबार १५:५:३१ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिका वडा नम्बर तीन  र उदयपुरगढी गाउँपालिकाको वडा नम्बर  दुईमा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

लिम्चुङ्गबुङ्गमा जेब्रा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका गुरुमणि कुमाईले नेपाली कांग्रेसका कुलबहादुर खत्रीलाई ५२ मतअन्तरले पराजित गर्नुभएको हो ।  कुमाईले ३ सय १५ र खत्रीले २ सय ६३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उदयपुरगढी गाउँपालिकाको वडा नम्बर  दुईमा धारो चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका इन्द्रबहादुर राउतले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार दिपक तामाङ्गलाई १ सय २२ मतअन्तरले पराजित गर्नुभएको छ ।  राउतले ३ सय ८७ र तामाङ्गले २ सय ६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत धनबहादुर कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया