मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे जित

 जेठ १, २०७९ आइतबार १४:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मुस्ताङ – मुस्ताङको थासाङ गाउँपालिको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्ष पदमा एमालेका प्रदीप गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत प्राप्त गर्नुभयो ।

यस्तै, थासाङको उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । योसँगै मुस्ताङको सबै पालिकाको अन्तिम परिणाम आइसकेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया