खाेटाङकाे जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादी विजयी

 जेठ १, २०७९ आइतबार १५:२९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । 

अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अरुणादेवी राईले २ हजार ८ सय ८१ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शंखरबहादुर राईले २ हजार ५ सय ७५ मत प्राप्त गर्नुभयो । 

यस्तै उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्काले २ हजार ८ सय ५ मत प्राप्त गरेर विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी विमला राईले २ हजार ४ सय ९५ मत प्राप्त गर्नुभयो । 

६ वटा वडामध्ये नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र एमालेले एउटा वडामा वडाध्यक्ष जितेका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया