उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी विजयी

 जेठ १, २०७९ आइतबार १६:१०:१९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मेजरकुमार राई विजयी हुनुभएको छ । 

राईले दुई हजार ५१ मत प्राप्त गरेर विजयी हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका राजकुमार राईले १५ सय ८९ मत ल्याउनुभयो । 

लिम्चुङबुङको उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई एक हजार नौ सय ३३ मतसहित विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया