गुल्मीको छत्रकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १२:३:४१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ ।

पाण्डेले ६ हजार ५ सय ८६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९ सय ४८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपाध्यक्षमा एमालेको तर्फबाट सावित्रा ज्ञवालीले ६ हजार ४ सय ७२ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया