उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी विजयी

 जेठ २, २०७९ सोमबार २०:३९:१ | सुमित्रा कोइराला
unn.prixa.net

उजदयपुर – उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनबाट  निर्वाचनमा उम्मेद्वार बनेका बिश्वकर्मा नेकपा एमालेका बाबुराम राईलाइ ३८ मतले हराउँदै विजयी हुनुभएको हो ।  निर्वाचित विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपाध्यक्षमा एमालेकी धनमाया मगरलाई हराउँदै नेपाली का‌ंग्रेसकी घना राई निर्वाचित हुनुभएको छ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया