गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा माओवादीका यदु ज्ञवाली विजयी

 जेठ ३, २०७९ मंगलबार ७:५०:३८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम विजयी हुनुभएको छ  ।  

पालिका अध्यक्षका उम्मेदवार ज्ञवालीले ५ हजार ८ सय १७ मत प्राप्त गरी विजयी बनेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षका प्रत्यासी एमालेका हिमाल कुमार श्रेष्ठले ४ हजार ५  सय ४० मत प्राप्त गर्नु भएको थियो । 

पालिका उपाध्यक्षमा एमालेकी उम्मेदवार गौतमले ५ हजार ४ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षका प्रत्यासी कांग्रेसको तर्फबाट दुर्गा ज्ञवालीले ४ हजार ६ सय ४६ मत प्राप्त गर्नु भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया