अछाम जिल्लाको ७ स्थानीय तहको मतपरिणम सार्वजनिक

 जेठ ३, २०७९ मंगलबार ८:३२:३४ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाम जिल्लाको ७ स्थानीय तहको मतपरिणाम आएकाे छ जसमा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ भने १ स्थानीय तहमा नेकपा एमाले तथा १ स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका बान्नीगढी जयगढ गाउँपालिका ,रामारोशन गाउँपालिका र चौरपाटी गाउँपालिका प्रमुखमा नेपाली कांगेस विजयी भएको छ ।

ढकारी गाउँपालिकामा नेपाली का‌ंग्रेसका प्रकास बहादुर साउद, कमलबजारनगरपालिकामा यज्ञ प्रसाद ढकाल, रामारोशन गाउँपालिकामा मान बहादुर साउद, बान्नी गढीजयगढमा टेक बहादुर साउद र चौरपाटी गाउँपालिकामा भिम बहादुर साउदले प्रमुखमा विजय हासिल गर्नुभएकाे छ ।

जिल्लाको तुर्माखाद गाउँपालिकामा नेकपा एमालेका डम्बर बिसि, नेकपा माओवादी केन्द्रबाट मेल्लेख गाउँपालिकामा ज्वाला साउद विजयी हुनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया