दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान गठबन्धन सरकारका कारण देश नै अफ्ठेरोमा पर्न थालेपछि एमालेले संसदको अवरोध हटाउने निर्णय गरेको दाबी गर्नुभएको छ ।
आज मङ्गलवारकाे संसद् बैठकमा उपमहासचिव ज्ञवालीले एमालेले अब संसद् बैठक अवरोध नगर्ने र फरक ढङ्गले विरोध गर्ने बताउनुभयो ।
अहिलेको सरकारका कारण महँगी बढेको, अर्थतन्त्र धरापमा परेको, विकास खर्च नभएको, प्रधानन्यायाधीश, गभर्नर, प्रहरी प्रमुख लगायतका व्यक्ति र संस्थामाथि हस्तक्षेप गरेको लगायतका कारण देश अफ्ठेरोमा परेको र यसलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले एमालेले अवरोध त्यागेको उहाँकाे भनाइ छ ।
ज्ञवालीले भन्नुभयो, ‘देश झन्डै झन्डै सङ्कटतर्फ धकेलिँदै छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले विरोधको स्वरूपलाई परिवर्तन गरेका हौँ । प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू सत्ताको सेटिङमै व्यस्त हुनुहुन्छ । उहाँहरूलाई यी कुराले सायद छुँदैन पनि होला । मेरो आग्रह छ– सम्माननीय प्रधानमन्त्रीज्यू निद्राबाबाट बिउँझिनुहाेस् ।’
सांसद ज्ञवालीले पालिका चुनावमा नेकपा एमालेका कार्यकर्तामाथि साङ्घातिक आक्रमण हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hari
May 17, 2022, 4:48 p.m.के गर्छौं त ...अब भोट नआउने भयो ......