भरतपुरमा रेनु दाहालकाे अग्रता कायमै, विजय सुवेदी २ सय ४६ मतले पछाडि

 जेठ ३, २०७९ मंगलबार १७:५६:२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ७ सय ९४ मतसहित अग्रतालाई कायमै राख्नुभएकाे छ ।

अहिलेसम्म २० हजार एक सय ८८ मतगणना हुँदा दाहाल २ सय ४६ मतले अघि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ५ सय ४८ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३ सय ९ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार २ सय ४८ मतसहित अग्रता लिइरहनुभएकाे छ उहाँलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार ३ सय ८८ मतसहित पछ्याइरहनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया