६ महिनापछि स्वास्थ्य चौकीको धारामा पानी आयो

 जेठ २२, २०७५ मंगलबार ८:१६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–३ मा रहेको पारच्याङ स्वास्थ्य चौकीको धारामा ६ महिनापछि खानेपानी आएको छ ।

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएको स्वास्थ्य चौकीमा अस्थायी रुपमा खानेपानी पु¥याइएको हो । जेठ महिनाभित्र स्थायी रुपमा नै खानेपानीको व्यवस्था गरिने नौकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मेम्बरसिंह तामाङले बताउनुभयो ।

खानेपानीको अभावमा स्वास्थ्य चौकीबाट दिनुपर्ने सेवा प्रभावित हुँदै आएको थियो । कार्यालयको धारामा पानी आउन छाडेपछि स्वास्थ्यकर्मीले पानी बोकेर नै बिरामीलाई सेवा दिँदै आएका थिए ।
स्वास्थ्य चौकीमा एक घण्टा पानी आए पर्याप्त हुने भए पनि धारामा पानी नआउँदा स्वास्थ्य चौकीबाट लामो समय हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो ।
  
‘पानी आउन थालेपछि सेवा प्रवाहमा सहज भएको छ, स्वास्थ्य चौकीकी अनमी देवी गजुरेलले भन्नुभयो, ‘स्वास्थ्य चौकीमा पानी नियमित हुन पर्ने भएकाले स्थायी रुपमा व्यवस्थापनका लागि समन्वय गरिरहेका छौँ ।’ डेलिभरी सामग्रीलाई उमालेर मात्रै प्रयोग गर्नुपर्ने र यी सामग्री पकाउन पनि धेरै पानी आवश्यक पर्ने उहाँले बताउनुभयो ।

पारच्याङको हरेक घरमा र स्वास्थ्य चौकीमा स्थायी रुपमा खानेपानी वितरण गर्नका लागि काम भइरहेको पारच्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष ग्युर्मी लोप्चन तामाङले बताउनुभयो । ‘हामीले खानेपानी योजना निर्माण गरिरहेका छौँ, अध्यक्ष तामाङले भन्नुभयो, जेठ महिनाभित्रै खानेपानी निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’

एसीएफ इन्टरनेशनल र मानेकोर सोसाइटी नेपालले यसअघि खानेपानी निर्माण गरेपनि सडक निर्माणको क्रममा खानेपानीमा क्षति पुगेको थियो । गाउँमा खानेपानीको अभाव नभए पनि सडक निर्माण गर्दा खानेपानीमा क्षति पुगेपछि व्यवस्थापनको अभावमा खानेपानीको अभाव हुन पुगेको थियो । 
गाउँमा खानेपानीको व्यवस्थापनका लागि गाउँपालिकाले ६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताउनुभयो । ‘गाउँमा पहिलेदेखि नै खानेपानीको समस्या थियो, उपाध्यक्ष लामाले भन्नुभयो, अहिले बिस्तारै समाधानको गरिरहेका छौँ ।’
 
स्वास्थ्य चौकीमा ८ जना कर्मचारी रहेका छन् । पारच्याङमा ८४ घरधुरी बसोबास गर्छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया