'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
महोत्तरी - मौलिक हकसम्बन्धी विधेयक पारित हुनु नै वर्तमान सरकारको सबैभन्दा ठूलो उपलब्धि रहेको शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।
बुधबार साँझ गौशाला नगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुदै मन्त्री पोखरेलले यस्ता मौलिक हक जनतासँग प्रत्यक्ष सम्बन्ध गाँसिएकोले बर्तमान सरकारको ६ महिनाको कार्यकालको ठूलो उपलब्धिको रुपमा हासिल गर्न सफल भएको दावी गर्नुभएको हाे ।
अब सरकारले संघ, प्रदेश र स्थानीय तह सञ्चालनको लागि ऐन कानुन निर्माण गर्नका लागि तीव्र रुपमा तयारी अगाडि बढाएको मन्त्री पोखरेलले बताउनुभयो ।
संविधान अबको केही दिनमै सर्वस्वीकार्य रुपमा कार्यान्वयन हुनेमा मन्त्री पोखरेल विश्वस्त हुनुहुन्छ ।
संघीय समाजवादी फोरम नेपाल सरकारलाई समर्थन गरेको र राजपाले पनि आलोचनात्मक रुपमा सरकारको समर्थन गरेको, तीनै तहको निर्वाचन सफल रुपमा सम्पन्न भएको र राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले संसदलाई सपथ ग्रहण गराएको दृश्यले केही दिनभित्रमै संविधानलाई जनताले सर्वस्वीकार्य गरि कार्यान्वयनमा आउनेमा आफू विश्वस्त रहेको मन्त्री पोखरेलले धारणा राख्नुभयो ।
कार्यक्रमकाबीच नगरप्रमुख शिवनाथ महतोले नगरपालिकाभित्र रहेको विभिन्न नदीका कारण वर्षेणी सैयकडौ जग्गा कटान गर्दै आएकोले केन्द्रिय सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउनका लागि मन्त्री पोखरेल समक्ष आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।