६ सय ४८ पालिकाकाे मत परिणाम : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी

 जेठ ६, २०७९ शुक्रबार १४:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ४८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९१ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । 

कांग्रेस

दुई सय १६ वटा नगरपालिका र चार सय ३२ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय नौ वटा नगरपालिका र एक सय ८२ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८१ वटा नगरपालिका,  एक सय ८३ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय १६ वटा वडाको अध्यक्ष पद जितेको छ । 

एमाले

दोस्रो स्थानमा रहेको एमालेले ६१ वटा नगरपालिकाको मेयर र एक सय १८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ७९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८२ वटा नगरपालिकाको उपमेयर, एक सय १९ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय २९ वटा वडाको अध्यक्ष पद जितेको छ । 

माओवादी

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९२ वटा गाउँपालिकाको उपाध्यक्ष र नौ सय ९२ वटा वडाको अध्यक्ष पद जितेको छ । 

एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष, आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ । 

जसपा

जनता समाजवादी पार्टी (जसपा) ले चार वटा नगरपालिकाको मेयर, १६ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १४ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ । 

अन्य/स्वतन्त्र

बाँकी पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया