पोखरा मेयरमा एकीकृत समाजवादीलाई ३ हजार २०६ र उपमेयरमा एमालेलाई १२० मतकाे अग्रता

 जेठ ६, २०७९ शुक्रबार १७:५:३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाकाे मेयरमामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्नुभएकाे छ । 

अहिलेसम्म ६९ हजार नाै सय ६८ मतगणना हुँदा आचार्यले २८ हजार पाँच सय ६३ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले २५ हजार तीन सय ५७ मत प्राप्त गर्नुभएकाे छ । आचार्य र थापाबीच तीन हजार दुई सय ६ मतकाे अन्तर रहेकाे छ । 

यस्तै राप्रपाका शंकर खरालले तीन हजार ६५ र स्वतन्त्र उम्मेदवार गनेश पाैडेलले एक हजार आठ सय २२ मत प्राप्त गरेका छन् । 

उपमेयरमा भने नेकपा एमालेकी मञ्जु गुरुङकाे अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले एक सय २० मतले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पछि पार्नुभएकाे छ । गुरुङले २९ हजार २० मत प्राप्त गर्दा रानाभाटले २८ हजार नाै सय मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जना सेनले दुई हजार आठ सय ८० मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया