सुदूरपश्चिमका बासिन्दा विसु पर्व मनाउन घर फर्कँदै

 चैत ३०, २०८१ शनिबार ९:४०:२४ | रासस
unn.prixa.net

कैलाली– सुदूरपश्चिममा रोजगारीका लागि भारत गएकाहरु विसु पर्व नजिकिएसँगै घर फर्कँदै छन ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट नयाँ वर्ष र विसु पर्व नजिकिएसँगै दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाल भित्रिने क्रम बढेको सशस्त्र प्रहरी बल, नेपाल चेक पोष्टले जनाएको छ ।

चेक पोष्टका अनुसार भारतको मुम्बई, दिल्ली, मथुरा, पुना, गुजरात, सुरतलगायत विभिन्न शहरबाट दैनिक एक हजारभन्दा बढी नेपाली भित्रिरहेका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको छ ।

विदेशका अरु देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायत विविध कारणले धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गर्छन् ।

खेतीपाती भएकाहरु आफ्नो काम सकेर अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर फर्कने गर्छन् । खेतीपाती नहुनेहरु भने लामो समयको अन्तरालपछि विशेष गरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका धेरै बासिन्दा रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोरलगायत ठूला शहरमा जाने गर्छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया