आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा मनाेज पाण्डे पक्राउ

 जेठ ७, २०७९ शनिबार १८:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेपछि प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरेको उज्यालोलाई जानकारी दिएका छन् । किशोरीले सामाजिक सञ्जालमा भिडिओ राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनलाई कुन कानुनमा टेकेर मुद्दा चलाउने भन्ने विषयमा अहिले कानुनका ज्ञातासँग परामर्श गरिरहेको पनि स्रोतले जनाएको छ ।

‘एक वर्षको हद म्यादका कारण साधारण हिसाबले बलात्कारको मुद्दा चलाउन समस्या छ त्यसैले अरु कुनै कानुन आकर्षित हुन्छ कि भनेर पनि परामर्स भइरहेको छ’, स्रोतले भनेको छ ।

पीडित युवतीले पनि जाहेरी दिने क्रममा रहेको प्रहरीको भनाई छ । ‘हामीले अस्ति र हिजो पीडित युवतीलाई भेटेर मनोपरामर्श दियौँ, अहिले उहाँ जाहेरी दिने तयारीमा हुनुहुन्छ’, स्रोतले भन्यो ।
 
 

अन्तिम अपडेट: चैत ६, २०८०

2 Comments

  • Kiran Thapa

    May 22, 2022, 2:05 p.m.

    Rule must be flexible and changed on the basis of crime. New heinus crime must remedied by new rule. Some girls are obliged to shut down theit lips due to lack of confidence and proper education for a life span. So, Rule must be changed and addressed to the victimized. Hell mr. Manoj pandey u gonna under the paw of law. Rest of his life must be ruined and disrespected by his familys' female members.. Go to hell and must given him death penalty. By doing so, not only Sushmita but also other girl like Nirmala get peace in soul.

  •  0 Reply
  • अबोध

    May 21, 2022, 7:41 p.m.

    पिडकले सजाय पाउनु नै पर्छ तर प्रहरीनै हदम्याद नाघेको अवस्थामा कुन कानूनले कारवाही गर्ने भन्ने नै जानकार छैन यस्तोमा पिडितले न्याय पाउछिन त संकै छ बा। पछि पिडक भन्ने व्याक्तिले सफाई पाए प्रहरी, सरकारी वकिलकै काम प्रति प्रश्न चिन्ह खडा हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया