पाेखरामा गठबन्धनका आचार्य ३ हजार २ सय ७२ मतले अगाडि

 जेठ ७, २०७९ शनिबार २०:४४:१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकामा अहिलेसम्म ९२ हजार ५ सय ६१ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयर धनराज आचार्यले ३७ हजार १ सय २२ मत प्राप्त गर्नुभएकाे छ ।

नेकपा एमालेका  कृष्ण थापाले ३३ हजार ८ सय ५० मत प्राप्त गर्नु भएकाे छ । राप्रपाका श‌ङ्कर खरालले ४ हजार २ सय २८ तथा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस ) ले २ हजार ४ सय ४५ मत प्राप्त गर्नु भएकाे छ । 

त्यस्तै उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ३७ हजार ५ सय ४५ मत तथा एमालेकी मञ्जुदेवि गुरुङले  ३८ हजार ५ सय ७६ मत प्राप्त गर्नु भएकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया