पोखरा महानगर : १ लाख १ हजार १ सय २१ मत गन्दा आचार्य ३ हजार २ सय ६० मतले अगाडि

 जेठ ८, २०७९ आइतबार ७:१९:४३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख १ हजार १ सय २१ मतगणना गरिएको छ ।

पोखरा महानगरमा गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४ सय ३४ मत पाउनु भएको छ । यस्तै नेकपा एमालेका कृष्ण थापाले ३७ हजार १ सय ७४ मत पाउनु भएको छ ।

मत परिणाम अनुसार आचार्य थापाभन्दा ३ हजार २ सय ६० मतले अगाडि हुनुहुन्छ । यस्तै राप्रपाका शङ्कर खरालले ४ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ भने मेयर पदका स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले २ हजार ६ सय १३ मत पाउनु भएको छ ।

उपमेयरतर्फ भने एमालेकी मञ्जु गुरुङ कांग्रेसकी कोपिला रानाभाटभन्दा अगाडि हुनुहुन्छ । गुरुङले ४२ हजार ३ सय १६ मत पाउँदा रानाभाटले ४० हजार ७ सय ४ मत पाउनु भएको छ । उनीहरुबीचको मतान्तर १ हजार ६ सय १२ मत रहेको छ । 

राप्रपाबाट उपमेयरकी उम्मेदवार रञ्जना सेनले ४ हजार ५ सय ९ मत पाउनु भएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया