नुवाकोटका १७ जना उम्मेदवारले एक मत पनि पाएनन्

 जेठ ८, २०७९ आइतबार १३:५०:२ | रासस
unn.prixa.net

फाइल फाेटाे

नुवाकाेट – पालिका चुनाव ०७९ मा नुवाकोटका केही उम्मेदवारले शून्य मतदेखि दोहोरो अङ्कको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते नुवाकाेटमा ६ सय ६४ पदका लागि भएको चुनावमा दुई हजार एक जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । 

नुवाकाेटका दुई लाख ३७ हजार चार सय ३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले एक मत पनि पाएका छैनन् भने १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै पाएका छन् । 

तथ्याङ्कअनुसार नुवाकोटका झन्डै एक सय जना उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अङ्कको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार धनमाया विश्वकर्माले सात सय ३७ मत ल्याएर निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी जनसमाजवादी पार्टीकी उम्मेदवार पम्फा विश्वकर्माले एक मत मात्रै ल्याउनुभयो । 

शून्य मत हुने उम्मेदवार : 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा उम्मेदवारी दिएकामध्ये १७ जना उम्मेदवारले एक मत पनि पाउन सकेनन् । एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामिछाने, विदुर–४ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदीश महत र राजु मिजार रहेका छन् । 

यस्तै किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडा सदस्य पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एक मत पनि प्राप्त गर्न सकेनन् । 

यसैगरी पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एक मत पनि नपाएका हुन् । 

एक मत मात्र ल्याउने उम्मेदवार :

तारकेश्वर गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तलाल तामाङ, लिखु गाँउपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपचन्द्र राई, ककनी गाँउपालिकाको अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार ज्ञानबहादुर लामा, बेलकोटगढी–९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केशवप्रसाद भट्ट, विदुर–१२ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार राजकुमार तामाङले एक–एक मत मात्र प्राप्त गरेका छन् ।  

यस्तै तादी–५ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निकेश लामा, किस्पाङ–४ वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार पूर्णमान तामाङ, बेलकोटगढी–४ मा महिला सदस्यमा एकीकृत समाजवादीकी उम्मेदवार ठूलीकान्छी पाण्डे, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सुपाल तामाङले एक–एक मत मात्र ल्याउनुभएको छ । विदुर–३ को वडा सदस्यमा एकीकृत समाजवादीको उम्मेदवार केशव खड्का, विदुर ६ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवारहरू लालबहादुर राई र सन्तोष सुनारको एक–एक मत आएको छ ।  

दुई मत मात्र ल्याउने उम्मेदवार : 

पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार उद्धव कोइराला, तादी गाँउपालिकाको अध्यक्ष पदमा मौलिक जरोकिलो पाटीका उम्मेदवार वासु उप्रेती, नेकपा (समाजवादी) पार्टीबाट तादी गाँउपालिकाको अध्यक्षको उम्मेदवार टिकाराम तामाङ र स्वतन्त्रका उम्मेदवार भोगबहादुर अधिकारी, ककनी गाँउपालिकाको उपाध्यक्षमा सामाजिक एकता पार्टीका उम्मेदवार पुतली तामाङ, बेलकोटगढी–४ को वडाध्यक्ष पदमा एकीकृत समाजवादीकी उम्मेदवार सुजाता नेपाल (पाण्डे) बेलकोटगढी–१० को वडाध्यक्षमा एकीकृत समाजवादीकी उम्मेदवार अप्सरा घिमिरेले दुई–दुई मत मात्र प्राप्त गरे । 

यस्तै शिवपुरी–३ को वडाध्यक्षमा नेपाली कांग्रेस (बिपी) का उम्मेदवार विकाश तामाङ, तादी–३ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार मानबहादुर तामाङ, तादी–६ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ठकुराम तामाङ, ककनी–३ मा वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार नवराज बजगाई, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार केशव तामाङ, शिवपुरी–४ को वडा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन थापाले दुई–दुई मत पाएका छन् । 

तीनभन्दा बढी मत ल्याउने उम्मेदवार : 

किस्पाङ गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार रामकृष्ण न्यौपानेको ६, म्यागङ गाँउपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार विजय तामाङको सात, बेलकोटगढी–८ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर तामाङको पाँच, बेलकोटगढी–९ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमप्रसाद कोईरालाले आठ, स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार दिनेश विश्वकर्माले तीन मत पाएका छन् । यस्तै बेलकोटगढी–१० को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार धनबहादुर बस्नेतले सात, बेलकोटगढी–१० को वडाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिश त्रिपाठीको तीन, विदुर–५ को वडाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार भीमबहादुर कुमालको पाँच मत मात्रै प्राप्त भएको छ ।

त्यस्तै विदुर–७ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार शेरबहादुर तामाङको तीन मत, विदुर–८ को वडाध्यक्षमा स्वतन्त्रको उम्मेदवार उत्तमबहादुर केसीको तीन र सूर्यगढी–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार श्यामप्रसाद पाठकले चार मत प्राप्त गरेका छन् । 

यसैगरी बेलकोटगढी–११ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सुनील तामाङले आठ, किस्पाङ–१ वडाध्यक्षमा राप्रपाका उम्मेदवार सुवास तामाङले पाँच, म्यागङ–४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छान्ता तामाङले पाँच र एकीकृत समाजवादीका उम्मेदवार अमृत घलेले चार मत ल्याएका छन् । 

ककनी–१ वडा सदस्यमा उन्नत लोकतन्त्र पार्टीका उम्मेदवार अमितकुमार बलामीले तीन, किस्पाङ–१ को वडा सदस्यमा राप्रपाकी उम्मेदवार सुन्तली विश्वकर्माले पाँच र विदुर–९ को महिला सदस्यमा जनसमाजवादी पार्टीकी उम्मेदवार सीता विश्वकर्माले तीन मत प्राप्त गरेका छन् । 

जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार उम्मेदवारी दर्ता गर्दा मतदाता नामावलीमा नाम भएका एक प्रस्तावक र एक समर्थकसमेत गरेर योग्य उम्मेदवारको कम्तीमा तीन मत आउनुपर्ने भएपनि नुवाकोटमा त्यो देखिएन । ‘पार्टीबाट टिकट नपाउनुको आक्रोश, राजनीतिक दलप्रतिको निराशालगायतका कारण स्वतन्त्र उम्मेदवारी दिए पनि मतदानसम्म आइपुग्दा निष्क्रिय भएकाले उहाँहरूको पक्षमा न्यून मत आएको हुन सक्छ’, गौतमले भन्नुभयो, ‘दलका उम्मेदवारकोसमेत न्यून मत आउनुले दलीय गतिविधि पनि कमजोर हो कि भन्ने लाग्छ ।’  

निर्वाचनको मतदानअन्तर्गत खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । नुवाकोटमा कति उम्मेदवारको धरौटी जफत भयो भन्नेबारे तथ्याङ्क निकाल्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया