पालिका चुनाव : कुन प्रदेशमा कुन दलबाट कति निर्वाचित ?

 जेठ ९, २०७९ सोमबार ७:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश नं. १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ५ हजार ८ सय ६४ निर्वाचित भएका छन् । नेपाली कांग्रेसले मेयरमा २१ र अध्यक्षमा ४४, उपमेयरमा ११, उपाध्यक्षमा ३५ गरी कुल २ हजार २ सय ८७ पदमा जित हासिल गरेको छ । नेकपा (एमाले) मेयरमा १८, अध्यक्षमा २४, उपमेयरमा २५, उपाध्यक्षमा २९ गरी अरु दलभन्दा धेरै २ हजार ६ सय ८५ पदमा विजयी भएको छ । प्रदेश-१ मा नेकपा (माओवादी केन्द्र) ले अध्यक्षमा १२, उपमेयरमा ४, उपाध्यक्षमा १५ गरी कुल ५ सय ३५ ठाउँमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपालले १ सय १२ र नेकपा (एकीकृत समाजवादी) ले एकसय पदमा जित हासिल गरेको छ ।

मधेस प्रदेशमा ६ हजार २ सय ७९ निर्वाचित भएकामा नेपाली कांग्रेसले अरुभन्दा धेरै २ हजार १ सय १९ जित हासिल गरेको छ । नेकपा (एमाले) १ हजार ३ सय ७२ र जनता समाजवादी पार्टी नेपाल १ हजार १ सय २१ पदमा विजयी भएका छन्  । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले ६ सय ५०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४ सय ६६, नेकपा (एकीकृत समाजवादी)ले ३७, जनमत पार्टीले  ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०, तराई मधेस लोकतान्त्रिक पार्टीले १२,  विवेकशील साझाले ११, नेपाल जनता पार्टीले ५,  नेपाल लोकतान्त्रिक पार्टीले ५, नेपाल सुशासन पार्टीले ४ तथा नेपाल सद्भावना पार्टी र बहुजन शक्ति पाटीले १—१ पद जितेका छन् । मधेस प्रदेशमा स्वतन्त्रबाट ४९ निर्वाचित भएका छन् ।

वाग्मती प्रदेशमा अहिलेसम्म ५ हजार ५ सय २४ निर्वाचित भएकामा कांग्रेसले प्रमुखदेखि सदस्यसम्म गरी २ हजार ३ सय ७१ पदमा जित हासिल गरेको छ । यस्तै, नेकपा एमाले १ हजार ९ सय ५४, नेकपा (माओवादी केन्द्र) ९ सय ३९ र नेकपा (एकीकृत समाजवादी) १ सय १० पदमा विजयी भएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८, नेपाल मजदुर किसान पार्टीले ५४, जनता समाजवादी पार्टीले ३ र स्वतन्त्रले ३५ पदमा जित हासिल गरेका छन् ।

गण्डकी प्रदेशबाट मेयर २५, अध्यक्ष ५८, उपमेयर २५, उपाध्यक्ष ५८, वडा अध्यक्ष ७ सय ४४, महिला सदस्य ७ सय ४२, दलित महिला सदस्य ७ सय १७, खुला सदस्य १ हजार ४ सय ८६ गरी ३ हजार ८ सय ५५ जना निर्वाचित भएका छन् । सबै पदमा गरेर नेपाली कांग्रेसले १ हजार ६ सय ८३ तथा नेकपा (एमाले) ले १ हजार ५ सय ९२ ठाउँ जितेका छन् । गण्डकी प्रदेशमा नेकपा (माओवादी केन्द्र) ४ सय २२, राष्ट्रिय जनमोर्चा ५९, नेकपा (एकीकृत समाजवादी १९,  जनता समाजवादी नेपाल १५, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, राष्ट्रिय जनमुक्ति पार्टी १ तथा स्वतन्त्र २० पदमा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा सबै पदमा गरी ४ हजार ९ सय ३६ जना निर्वाचित भएकोमा नेपाली कांग्रेसले १ हजार ८ सय ९६ र  नेकपा (एमाले) ले १ हजार ६ सय १६ पद जितेका छन् । माओवादी केन्द्र  ८ सय २८,  जसपा नेपाल १ सय ९५, राप्रपा १ सय ८,  राष्ट्रिय जनमोर्चा १ सय,  लोसपा ८२,  जनमत पार्टी ३१, जनता प्रगतिशील पार्टी १७, नेकपा (एकीकृत समाजवादी) १६, बहुजन शक्ति पार्टी ५, नेपाल जनता पार्टी ५, राष्ट्रिय जनमुक्ति पार्टी १ र स्वतन्त्र ३६ पदमा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा सबै पदमा नेपाली कांग्रेसबाट १ हजार २ सय ५०, माओवादी केन्द्रबाट १ हजार १ सय २३ र एमालेबाट १ हजार ३७ जना उम्मेदवार निर्वाचित भएका छन् । यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट १ सय ७९, नेपाल मजदुर किसान पार्टीबाट ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबाट २ र स्वतन्त्रबाट ६८ जना उम्मेदवार निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा सबै पदमा गरी ३ हजार ७ सय १ जना उम्मेदवार निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट १ हजार ६ सय ९८,  नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १ हजार १ सय ९५ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट ४ सय ५४ उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट १ सय ४६,  नागरिक उन्मुक्ति पार्टीबाट ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २२,  जनता समाजवादी पार्टी नेपालबाट ९, नेपाली कांग्रेस वीपी ७, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र स्वतन्त्रबाट ६७ जना उम्मेदवार निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशमा सबै पदमा गरी ३ हजार ६ सय ९९ जना उम्मेदवार निर्वाचित भएका छन् । 

सूची :

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया