चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा होल्ड

 जेठ ९, २०७९ सोमबार ११:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ ।

१ सय २१ यात्रु लिएर गएराति २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशङ्का गरिएको हो । यात्रुहरु सबै सकुशल छन् । विमान राति नै फर्किने तालिका भए पनि चरा ठोक्किएको आशङ्कामा होल्डमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ।

कार्यालयकाअनुसार प्राविधिकले जाँच गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइने छ । विमानको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएकाले चरा इन्जिनमा पस्यो कि भन्ने आशङ्का गरिएको छ । त्यसैले प्राविधिकले जाँच गरेपछि मात्रै विमानले उडान भर्ने कार्यालयले  जनाएको छ।

गएको २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलाइन्सले हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान गरिरहेको छ।


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया