झन्डै २० करोड रुपैयाँ जरिबाना माग गरेर ५ जनाविरुद्ध मुद्दा, ‘भीसीटीएसका कागजात २८ पटकसम्म परिवर्तन गरे’

 जेठ ९, २०७९ सोमबार १४:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झन्डै २० करोड रुपैयाँ जरिबानाको माग गरेर पाँच जनाविरुद्ध राजस्व छलीकाे मुद्दा दायर भएको छ । 

चितवनको भरतपुरमा रहेको निरज ट्रेड एन्ड सप्लायर्सका प्रोपराइटर श्रीराम ठाकुर र खाता सञ्चालक जटाशंकर जैसवालविरुद्ध १५ करोड ९७ लाख पाँच हजार रुपैयाँ जरिबानाको माग राखेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

उनीहरूले मूल्य अभिवृद्धि कर भ्याटतर्फ दुई करोड ४१ लाख ३५ हजार र आयकरतर्फ पाँच करोड ९७ लाख रुपैयाँ कर छलेको विभागले जनाएको छ । कर छलीको कुल रकम सात करोड ९८ लाख रुपैयाँको दोब्बर रकम माग गरेर विभागले मुद्दा दायर गरेको हो । 

यस्तै काठमाण्डौको राज ट्रेडर्सका राजकिशोर शाह, पुष्करकुमार सिंह र भविचन महतो कोइरीविरुद्ध तीन अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बिगो माग गरेर मुद्दा दायर भएको छ । उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरेर मालवस्तु तथा ढुवानीका साधन अनुगमन प्रणाली (भीसीटीएस) मा प्रविष्ट भएको कागजात २८ पटकसम्म सच्याएर काठमाण्डौ ल्याएर बिक्री गरेको विभागले जनाएको छ । 
 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया